सन् २०१३ यता नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको युरोपेली सङंघ (ईयू)ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाउने सङ्केत गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यद्यपि त्यसका लागि नेपाल सामु राखिएका सुधारका काम भने अझै बाँकी रहेको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जनाएका छन्।

प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा औपचारिक रूपमा छुट्टाएपछि कालोसूची पूर्ण रूपमा हट्ने उनको भनाइ छ।

विगत केही वर्षयता नेपालले नीतिगत, प्राविधिक र भौतिक पूर्वाधार लगायतका विभिन्न आठवटा क्षेत्रमा उल्लेख्य सुधार गरेको प्राधिकरणको दाबी छ। प्रवक्ता छेत्रीसँगको कुराकानीमा आधारित कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

Leave a comment

Your email address will not be published. Required fields are marked *