Posted inकर्णालीसमाज

बाघको आक्रमणबाट कर्मचारीको मृत्यु पछि बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना रोकियो

बाघको आक्रमणबाट निकुञ्जका कर्मचारीकै मृत्यु भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा जारी गैँडा गणना रोकिएको छ। प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार आइतबार बेलुका गैँडा गणनामा खटिएका माउतेलाई बाघले आक्रमण गरेको हो । उनले भने, ‘बाघको आक्रमणबाट माउतेको मृत्यु भएपछि सोमबार एक दिनका लागि गैँडा गणना रोकिएको छ । सुरक्षात्मक प्रबन्ध मिलाएर मंगलबारदेखि पुनः गणना सुरु हुनेछ।’ […]