काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ।

गत चौबीस घन्टामा ३ हजार ३ सय ११ पीसीआर परीक्षण भएको छ। अहिले नेपालमा ८९५ सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।

काठमाडौँ उपत्यकामा थप ४१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका २७, ललितपुरका १० तथा भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *