पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ११४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७९० आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।

नेपालमा ११४ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ ।  यस्तै, नेपालमा ९४ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ । मन्त्रालयले हाल ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । 

पछिल्लो चौबीस घण्टामा काेही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएकाे मन्त्रालयले उल्लेख गरेको छ । कोरोनाबाट नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो । हाल ५५ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख २१ हजार ५१२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *