भारतीय कांग्रेस पार्टीका बरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । कोरोना संक्रमण पछि उपचार को क्रममा उनको मृत्यु भएको हो । पटेलको गुरुग्राम को मेदांता अस्पतालमा आईसीयू मा उपचार हुदै थियो ।

७१ बर्षका नेता अहमद पटेल ले एक ओक्टोबर मा कोरोना पोजेटिव भएको ट्विटर बाट जानकारी दिएका थिए ।

उनको मृत्यु को खबर उनका छोरा फैसल पटेल ले दिएका हुन।

अहमद पटेल लाई भारतीय कांग्रेस पार्टी मा वरिष्ठ नेता मानिन्छ । कांग्रेस नेता राहुल गांधी ले उनको मृत्यु ले काँग्रेस लाई ठुलो क्षती भएको बताएका छन ।

अहमद पटेल भारतमा कांग्रेश को तर्फबाट ३ पटक लोकसभा र ३ पटक राज्यसभा सांसद थिए । उनले कांग्रेस महासचिव सोनिया गांधी को ब्यक्तिगत सलाहकार को रुपमा पनि कार्य गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *