विगत २४ घण्टामा नेपालमा थप १,२५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार अपराह्ण जनाएको छ।

गत २४ घण्टाको अवधिमा देशभरि ८,००८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या झन्डै दुई लाख ३२ हजार पुगेको छ।

तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ।

अहिले थप सङ्क्रमित फेला परेपछि तथा केही १,४०० जना निको भएपछि देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १७,९०९ पुगेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *