शुक्रबारदेखि रिलिज हुन लागेको बलिउड चलचित्र ‘८३’ लाई दिल्लीमा करमुक्त गरीएको छ । यस चलचित्र लाई समीक्षकहरुबाट उत्कृष्ट  प्रतिक्रिया पाएको छ । भारतीय राष्ट्रिय टिमका पूर्व क्याप्टेन कपिल देवको बायोपिक यो चलचित्रलाई रिलिज पहीलेनै समीक्षकहरुलाई देखाइएको थियो ।

चलचित्रलाई अधिकांश समीक्षकले ४ देखि ४.५ को रेटिङ दिएका छन् । यसैले बक्स अफिसमा यो चलचित्रले सुखद कमाइ गर्ने अपेक्षा गरिएको छ । सन् १९८३ मा भारतले क्रिकेटको विश्वकप जितेको कथामा यो चलचित्र केन्द्रित छ । जतिबेला क्याप्टेनको रुपमा कपिल देव थिए ।

चलचित्रमा कपिलको भूमिका अभिनेता रणवीर सिंहले निर्वाह गरेका छन् । रणवीरको अभिनयलाई समीक्षकले उत्कृष्ट भनेका छन् । चलचित्रमा अभिनेत्री दीपिका पादुकोण कपिल देवकी श्रीमतीको भूमिकामा देखिएकी छन् ।

कविर खानले निर्देशन गरेको यो चलचित्रले दर्शकमा नयाँ खालको उमंग पैदा गर्ने विश्लेषण गरिएको छ ।

यस चलचित्र लाई दिल्ली सरकारले दिल्लीमा करमुक्त घोषणा गरेको छ । यो चलचित्रलाई दिल्ली सरकारले करमुक्त घोषणा गरेको निर्माताले मंगलबार जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

Cancel reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.