जोमसोम – मुस्ताङको थासाङ गाउँपालिका -१ टुकुचेमा बिहीबार राती सवारी दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ।

मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेस्थित बेनी-जोमसोम सडकमा पार्किङ गरेर राखेको स्थानमा जोमसोमबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको घोडाघोडी यातायात प्रालिको यात्रुवाहक बस र थासाङ गापा-२ कोवाङबाट जोमसोम तर्फजाँदै गरेको  बा ३९ प ७२८० नम्बरको मोटरसाइकल सडक पार गर्नेमा अचानक ठोक्किएर दुर्घटना हुँदा मुस्ताङको घरपझोङ गापा-४ बस्ने १८ वर्षीय बिनोद सुनारेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलको पछाडिपट्टी बसेका सुनारको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका सुनारको शव शुक्रबार  पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोम पठाइएको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनापछि बसका चालक तथा मोटर साइकल चालक दुबैलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ  ।

Leave a comment

Your email address will not be published. Required fields are marked *