Credit: हिन्दुस्तान टाइम्स

भारतको उत्तर बंगाल गुवाहाटी-बिकानेर एक्सप्रेस रेलका १२ डिब्बा आज पश्चिम बंगालको जलपाईगुडी जिल्लाको मयनागुरी सहर नजिक पटरीबाट खसेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले आज राति दुर्घटनास्थलको भ्रमण गर्ने स्रोतले जनाएको छ।

कम्तिमा ४० जनालाई पटरीबाट खसेको डिब्बाबाट उद्धार गरिएको छ भने २४ जनालाई जलपाईगुडी जिल्ला अस्पताल र १६ जनालाई मोयनागुरी सरकारी अस्पतालमा पठाइएको छ। करिब १० जनाको अवस्था गम्भीर छ र उनीहरूलाई सिलिगुडीको उत्तर बङ्गाल मेडिकल कलेजमा सारिनेछ भारतीय मिडिया ले जनाएको छ।

भारतीय रेलवे स्रोतका अनुसार धेरै यात्रुहरू पटरीबाट खसेका कोचहरू भित्र फसेको आशंका गरिएको छ र भत्केका कोचहरू खोल्न ग्यास कटरहरू प्रयोग भइरहेको छ।

रेल मन्त्री अश्विनी वैष्णवले आफूले स्थितिलाई “व्यक्तिगत रूपमा अनुगमन” गरिरहेको र प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरी उद्धार कार्यको बारेमा जानकारी गराएको बताएका छन्।

“दुर्भाग्यपूर्ण दुर्घटनामा, बिकानेर – गुवाहाटी एक्स्प्रेसको १२ वटा डिब्बा आज साँझ नयाँ मयनागुरी (पश्चिम बंगाल) नजिकै पटरीबाट बाहिर खसेका थिए।

मृत्यु भएमा ५ लाख, गम्भिर चोटपटक १ लाख र “साधारण चोटपटक” लाई २५ हजार रुपैयाँ क्षतिपूर्ति घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Cancel reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.