चीनको आधिकारिक मिडिया ग्लोबल टाइम्सले गत वर्ष जुन महिनामा गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाको बीचको झडपको भिडियो फुटेज सार्वजनिक गरेको छ।

यस संघर्षमा भारतका २० जना सैनिकहरू मारिएका थिए । यसभन्दा अघि बिहीबार चीनले झडपमा उसका चार सैनिक मारिएका स्वीकार गरेको थियो ।

चीनले जारी गरेको भिडियोमा यी चार सेनालाई सलामी दिएको दृश्य छ। यस भिडियोमा भारत र चीनका सैनिकहरू बीच झडप पनि देखाइएको छ। भिडियोमा दुबै पक्षका सैन्य अधिकारीहरू पनि कुरा गरिरहेका छन ।

चीनले भिडियो जारी गरेर भारततर्फ इसरा गर्दै भनेको छ, “अप्रिलदेखि नै विदेशी सेनाले पुरानो सम्झौताको उल्लङ्घन रिरहेको छन । उनीहरूले पुल र सडकहरू निर्माण गर्न सिमाना पार गरे र जासूस अभियान अभियान सुरु गरे।”

भिडियोमा भनिएको छ, विदेशी सेनाले यथास्थिति परिवर्तन गर्न एकतरफा प्रयास गरे नतिजा स्वरूप, सीमा मा तनाव द्रुत रूपमा वृद्धि भयो। सम्झौताको सम्मान गर्दै, हामीले कुराकानीबाट स्थिति समाधान गर्ने प्रयास गर्‍यौं।

चीनले जारी गरिएको एउटा भिडियोमा भारत र चीनका सैनिकहरू रातको अन्धकारमा झगडा गरिरहेका छन्। यसमा चिनियाँ सैनिकहरूलाई एक घाइते चिनियाँ जवान लाई सम्हालेको देखाएको छ। जारी गरिएको भिडियोमा चिनियाँ सेनाले मारिएका सैनिकहरूलाई सलामी पनि दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

Cancel reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.