शुक्रबार मुम्बईको वान्खेडे क्रिकेट मैदानमा भएको खेलमा पन्जाब किङ्स लाई चेन्नाई सुपरकिङ्स किङ्स ले ६ विकेटले हरायो । चेन्नई का बलर चार ओभर मा १३ रन खर्चेर चार विकेट लिए ।

चेन्नाई बाट २०० औं खेल खेलिरहेका धोनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे । पहिलो ब्याटिङ गरेको पन्जाब ले २० ओभर मा आठ विकेट गुमाई १०६ रन मात्र बनाउन सक्यो ।

चेन्नइ का बलर दीपक चाहरले चार मोइन अली, शाम करण र ब्रभो ले एक एक विकेट लिए ।

पन्जाबका लागि साहरुख खान ले सबैभन्दा धेरै ४७ रनको पारी खेले । पन्जाब का अन्य ब्याट्सम्यान चेन्नई का बलर अगाडि टेक्न सकेनन् ।

एक सय ७ रनको झिनो लक्ष्य पाएको चेन्नई ले १५.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो । चेन्नई का लागि ब्याट्सम्यान मोइन् अली ले ४६ र फाफ डुप्लेसी ले ३६ रनको योगदान दिए ।

पञ्जाब का बलर मोहम्मद समी ले २ तथा अर्षदीप सिंह र एम आश्विन ले एक एक विकेट लिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *