कोलकत्ता नाइट राइडर्सका दुई खेलाडीको रिपोर्ट कोरोना पोजेटिभ आएपछि आईपीएलको आज हुने कोलकत्ता र बैंगलोर को खेल रद्ध गरिएको छ ।

आज अहमदाबादको नरेन्द्र मोदी क्रिकेट मैदानमा कोलकत्ता नाइट राइडर्स र रोयल चलेन्जर्स बैंगलोरको साँझ ७:३० ( भारतीय समय ) हुने थियो, तर कोलकत्ताका खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरको कोरोन टेस्ट पोजेटिभ आयो । अब यो खेल आजको लागि रद्द गरिएको छ ।

कोलकत्ताका पट कम्मिंस लगायत अन्य खेलाडी बिरामी भएका छन् ।

त्यस्तै आईपीएल को अर्को टीम चेन्नई सुपर किङ्स का सीईओ काशी विश्वनाथन,बलिंग कोच लक्ष्मीपति बालाजी र बस सफाई कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना बाट दिल्ली का ५ ग्राउन्ड स्टाफ पनि कोरोना पोजिटिभ आएका छन् । यी स्टाफ आइतबार मैच मा ड्यूटीमा थिए जब राजस्थान रॉयल्स (Rajasthan Royals) र सनराइजर्स हैदराबाद (Sunrisers Hyderabad) को खेल दिल्ली को अरुण जेटली क्रीकेट मैदानमा भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *