काठमाडौं उपत्यका लगायतका केही शहरको हावा २४ सै घण्टा सास फेर्न लायक छैन । आइतबारदेखि काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम दुई डिग्री सेल्सीयसमा झर्दा पीएम २.५ माइक्रोन वायू प्रदूषणको दर सोमबार ४ सय ३ माइक्रोग्राम पर मीटर क्यूव पुग्दा वायू प्रदूषणको दर खतरानाक अवस्थामा पुगेको हो ।

सोमबारको वायुप्रदूषण वर्षकै उच्चप्रदूषण भएको वातावरण विभागको तथ्याङकले देखाएको छ । सामान्य जीवनयापनमा पीएम २.५ माइक्रोनको धुलो विश्व स्वास्थ्य संगठनले २५ र सरकारले राष्ट्रिय मापदण्ड ४० माइक्रोग्राम पर मीटर क्यूव तोकेको छ । ४ सय भन्दा माथि काटे सरकारले कुनै पनि समधानका उपाय अपनाउन सकेको छैन । विकसीत देशहरुमा भने संकटकालनै लागु गरेर सर्तकता अपनाउने गरेको पाइन्छ । यो अवस्थालाई हेर्दा उपत्यकाको वायू २४ सै घण्टा स्वास फेर्न लायन नभएको वातवरणविद र स्वास्थयकर्मीहरु बताउँछन् । 

वायूको गुणस्तरमा सुधार ल्याउन वन तथा वातावरण मन्त्रालय चुप लागेर बस्नु गैरजिम्मेवार भएको वातावरणविद् भूषण तुलधारको आरोप छ । चिसोमा खुल्ला रुपमा आगो बाल्नु, प्रदूषणमा सवारीसाधन अनियन्त्रीत रुपमा गुड्नुले पीएम २.५ माइक्रोनभन्दा साना धुलो उत्पादन हुने गरेको उनको भनाई छ । तत्काल कढाइका साथ अनुगमन गरी प्रदूषण न्यूनीकरण गर्नु पर्ने खाँचो भएको उनको सुझाव छ । यसमा ३८ प्रतिशत वायू प्रदूषण सवारीसाधनकै कारण भएको प्रतिवेदनले देखाएको छ । सडकको धुलो पनि उत्तिकै जिम्मेवार हो । 

तापक्रम घट्दो अवस्थामा हुदाँ वायू प्रदूषणको दर उच्च भए पनि सरकारले न्यूनीकरणमा कुनै पनि कार्यक्रम ल्याएको छैन । वातावरण विभाग स्रोतले भने वायूप्रदूषण न्यूनीकरण गर्ने तत्काल कुनै पनि कार्यक्रम नभएको जनाएको छ । 

यातयात व्यवस्था विभागले मापदण्डनै तोकेर कालोधुवाँ फाल्ने सवारीलाई सडकमा गुड्न रोक लगाउने भने पनि कार्यन्वय शुन्य छ । उपत्यकाको सडकमा गुड्ने १२ लाख बढी सवारीसाधन मर्मत विनाका प्रदूषित रुपमा गुड्ने गरेको पाइएको छ । तातो हावालाई माथिको चिसो हावाले बाहिरीन नदिने (तापक्रम इन्र्भसन), धुवाँ बाहिर जान नपाउने , काठमाडौ खाल्डो भएकाले दुई हजार आठ सय मीटर भन्दा माथि वायू वग्न नपाउदा प्रदूषण बढेको विज्ञ बताउछन् ।

उसै त काठमाडौं उपत्यकामा वायू प्रदूषणको दर बढ्दो अवस्थामा छ तर पछिल्लो साता बढेको चिसोले झन प्रदूषण बढाएको भन्दै सचेत हुनु जरुरी भएको छ । सरकारी मापदण्ड भन्दा वायूको प्रदूषणदर पाँच गुणासम्म बढी पुगेकाले ज्यानमारा वायूमा उपत्यकाबासी स्वासप्रश्वास गर्न बाध्य छन् ।

साना धुलोको कण फोक्सो हुदै रक्तनली सम्म पुग्दा मानवस्वस्थ्यमा गम्भिर असर पर्ने भएकाले सचेत भएर हिड्डुल गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । त्रिवि शिक्षण अस्पतालका छातिरोग विशेषज्ञा डाक्टर करवीरनाथ योगीका अनुसार धुलो खादाँ मानिसको फोक्सो लगायत संवेदनशील अंगमा असर पुग्ने गर्दछ । विहान र वेलुकी कार्यालयको समयमा प्रदूषणको दर बढी हुने गर्छ । वायूप्रदूषण दर दैनिक बढ्दो क्रममा भए पनि तात्कालिन र दिर्घकालीन नियन्त्रणमा पहल थाल्नु पर्ने डाक्टर योगीको भनाई छ । 

वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ लाई सरकारले बेवास्ता गर्दै खिल्ली उडाएको छ । सडक विभाग, यातयात व्यवस्था विभाग र वातावरण विभाग प्रदूषण नियन्त्रणमा मुख्य जिम्मेवार भए पनि काम शुन्य जस्तै रहेको छ । 

वायूप्रदूषणबाट वच्न

१. मर्निङ वाक नगर्नु गरे पनि सडक भन्दा टाडा खुल्लास्थान गर्नु

२. माक्स लगाएर हिड्नु

३. विहान ९ बजे भन्दा अगाडी चलहपहल हुने क्षेत्रमा ननिस्कनु

४. फोहर जलाउन नदिनु

५. धुलो सरसफाइमा आफैले पनि सहयोग गर्नु

६. सकेसम्म जोगिएर बस्नु

७. प्रदूषित गाडी सञ्चालन नगर्न र नगराउन

Leave a comment

Your email address will not be published. Required fields are marked *