काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण करिब १० महिनादेखि बन्द रहेका काठमाडाैं उपत्यकाका विद्यालय विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् ।

स्थानीय तहले आफ्नो नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलाई बालबालिकाको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि आइतबारबाट भाैतिक रुपमै कक्षा सञ्चालन गरिएकाे हो ।

कोभिड–१९ महामारीका गत चैतदेखि बन्द रहेका विद्यालयहरुले अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरु सञ्चालन गरिरहेकोमा नगरबासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षकशिक्षिका, सञ्चालकलगायत सरोकारवालाहरुबाट प्राप्त राय सुझाव र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितीमै कक्षा सञ्चालन गरेको नगरपालिकाहरुले जनाए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *