महान्यायाधिवक्ता अग्नि खरेल पदबाट राजीनामा दिएका छन ।

उनले दिउँसो १ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका छन्। उनले यसको बिस्तृत जानकारी पत्रकार सम्मेलन मा दिने श्रोतले जनाएको छ ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो। मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन्।

वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषद्‌मा उनले कानुनमन्त्रीको जिम्मेवारी पनि वहन गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा खरेलले उक्त कदमको प्रतिरक्षा गरेका थिए।

Leave a comment

Your email address will not be published. Required fields are marked *