नेपाली कांग्रेसका महासचिव गगन थापा र विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकबारे दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

उनले केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीको एक कार्यक्रममा लिपुलेक क्षेत्रमा भारत सरकारले सडक निर्माण गरिरहेको भनेपछि नेपाली कांग्रेसको ध्यानाकर्षण भएको बताए ।

थापा र शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको बताउँदै यस विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा र अडानमा सधैं स्पष्ट रहेको बताए ।

दुवै महासचिवले नेपाली कांग्रेसले विगतदेखि संस्थागत रूपमा राख्दै आएको निम्न धारणा र अडानमा पार्टीको स्पष्ट र दृढ अडानलाई सार्वजनिक रूपमा दोहोर्‍याउन चाहेको बताए ।

दुई महासचिवको सात बुँदे धारणा सार्वजनिक

  • लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग हुन् ।
  • यी भौगोलिक क्षेत्रमा नेपालको अधिकार कायम हुनुपर्नेमा नेपाली कांग्रेस स्पष्ट छ ।
  • भारतीय सेना कालापानीबाट हट्नुपर्छ ।
  • नेपाली कांग्रेसले सर्वदलीय एकतासहितको संविधान संशोधन गरी संसदबाट पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल रहेको र त्यसमा राजनीतिक दल र नेपाल सरकारको साझा धारणा रहेको स्पष्ट पारेको छ । यसलाई कार्यान्वयन गर्नुपर्छ।
  • दुई देशबीचको कुनै पनि सीमा विवाद ऐतिहासिक तथ्यका आधारमा समाधान गर्नुपर्छ । १८१६ को सुगौली सन्धि दुवै देशको साझा स्वीकृतिको तथ्य हो भन्ने कुरामा हामी स्पष्ट छौं ।
  • नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीच कूटनीतिक वार्ताबाट सबै समस्या समाधान गर्ने सहमति विपरित लिपुलेकमा सडक निर्माणको विषय गम्भीर‌ आपत्तिजनक छ र तत्काल रोक्नुपर्छ ।
  • दुवै छिमेकी मुलुकसँग नेपालको लामो र ऐतिहासिक सम्बन्ध छ । यस सन्दर्भमा कुनै पनि सीमा विवादको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट खोज्नुपर्नेमा नेपाली कांग्रेस स्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

Cancel reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.