विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रामकुमारी झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेका छन् । मिश्रले रसातलको राजनीति सफा नगरेसम्म घटना बदलिने तर प्रवृत्ति नबदलिने बताएका छन् ।

झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक हुने उल्लेख गर्दै उनलाई कानुन लाग्छ कि लाग्दैन भनेरसमेत मिश्रले प्रश्‍न गरेका छन् ।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्‍याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानुन हुन्छ। रसातलको राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक छन्। उनलाई कानुन लाग्छ कि लाग्दैन?’

प्रहरीले पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *