सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै ओलीले चुनावमा जाने काम प्रतिगमन नभएको जिकिर गरे ।

संसद र सरकार नचल्ने स्थितिमा संसारभर प्रतिनिधि सभा विघटन हुन्छन्,’ ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने, ‘नेपालमै पनि फेरि विघटन हुन सक्छ । संविधानको धारा ८५ र धारा ७६ को उपधारा ७ ले त्यसको परिकल्पना गरेको छ ।’

ओलीले बैठकमा नयाँ निर्वाचनमा जाने कुरा कसरी प्रतिगमन हुन्छ ? भनी प्रश्नसमेत गरे ।

‘अब एक वर्षपछि स्थानीय निकायको चुनाव हुन्छ, त्यसलाई प्रतिगमन भनिदिने ?’ ओलीले बैठकमा भने, ‘त्यसपछि अन्य चुनाव हुन्छ । त्यसैले चुनावलाई प्रतिगमन भनिदिनु भएन साथीहरूले ।’

ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गर्ने सिफारिस गरेका थिए । त्यसलाई राष्ट्रपतिले अनुमोदन गरिदिएकी थिइन् ।

ओलीको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ गते उल्ट्याएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *