प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन्। पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्री हेलिकप्टर नै चार्टड गरेका हुन्। 

आज बिहान शेरधनपत्नी जाङ्मुले फेसबुकमार्फत आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छन्। साथै उनले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेखेकी छन्। 

https://m.facebook.com/story.php?story_fbid=3907755802615369&id=100001429633479

उक्त स्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधार लगायतले जनतालाई जोड्न बाँकी रहेको भन्दै आफ्ना श्रीमान शेरधनलाई यसप्रति ध्यानाकर्षण भएको पनि उनले लेखेकी छन्। 

फोटोहरु : जाङ्मु / फेसबुकबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *