विराटनगर महानगरपालिका–८ बलुवाईमा माइलो छोराले ५४ वर्षीय बुवा विको सहनी मुखियाको हत्या गरेको प्रहरीले जनाएको छ । 

२५ वर्षीय छोरा रवि सहनी मुखियाले बाबु विकोको घाँटीमा भाटाले छेडेर हत्या गरेको प्रहरीले जनायो । घाइत बाबुको कोसी अस्पताल पुर्‍याउने क्रममा राति ११ बजेतिर मृत्यु भएको थियो ।

आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *