प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना सांसदलाई बर्खास्त गरेको छ ।

चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ ।

नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको पार्टी स्रोतले जनाएको छ ।

प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।

बर्खास्तीमा परेकामध्ये मण्डल पार्टी एकीकरण हुनुअघि माओवादीका संसदीय दलका नेतासमेत थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *