रुसकी एडल्ड स्टार भेरोनिका त्रोसिनाले इण्डोनेसियामा एउटा भिडियो सुट गरेर अनलाइनमा पोस्ट गरेपछि अहिले चर्चामा छिन् । २२ वर्षकी यी अभिनेत्री आफ्ना प्रेमीसँग इण्डोनेसियाको बाली गएकी थिईन् । उनले त्यहाँको एउटा पवित्र मानिने पहाडमा ब्वाइफ्रेण्डसँग अश्लील भिडियो बनाएपछि इण्डोनेसियाको पुलिसको वान्टेड लिस्टमा परेकी छिन् । पुलिसले उनलाई जताततै खोजिरहेको छ ।

द सनमा प्रकाशित समाचारअनुसार यो जोडी रुसको राजधानी मस्कोबाट १६५ माइल टाढा रायबिंस्कमा बस्छन् । स्थानीय मिडियाका अनुसार यो जोडीले यो भिडियो केही महिना पहिले बनाएका थिए । भेरोनिकाले यो भिडियोलाई ट्वीटरमा समेत प्रचार गरेकी थियन् । रिपोर्टका अनुसार यो भिडियो माउन्ट बाटुरमा खिचिएको हो । यो पहाडलाई पवित्र पहाडको रुपमा समेत चिनिन्छ । यहाँ पुरा बाटुर नामको एक लोकप्रिय मन्दिर पनि छ जहाँ ठूलो संख्यामा श्रद्धालुहरु जान्छन् ।

केही महिनाअघि खिचिएको भए पनि यो भिडियोका कारण बालीमा बबाल भएको छ । यही कारण इण्डोनेसियाको पुलिस यो विषयमा निकै सक्रिय भएको छ र यो जोडीको खोजी गरिरहेको छ । पुलिसले यो मामिलामा अध्यागमन अधिकारीसँग मिलेर काम गरिरहेको छ । पुलिसले यो जोडी अझै बालीमै छन् कि बाहिर गइसके भन्ने जाँच गरिरहेको छ ।

स्थानीय मिडियाका अनुसार यो जोडी पक्राउ परेमा उनीहरुलाई २ वर्ष ८ महिना जेल सजाय हुन सक्छ । अहिलेसम्म रुसी जोडीले यस विषयमा कुनै प्रतिक्रिया दएका छैनन् । भेरोनिका सामाजिक संजालमा निकै सक्रिय छिन् । उनले इन्स्टाग्राम, ट्वीटर, टिकटकका साथै पोर्न साइटमा पनि आफ्नो खाता बनाएकी छिन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *