भारतीय क्रिकेट टीमका कप्तान स्टार क्रिकेटर विराट कोहली ले सन २०१४ मा ऊनि डिप्रेशनमा रहेको स्वीकार गरेका छन । त्यस समय ऊनि आफुलाई “संसारमा एक्लो मान्छे” मान्ने गर्थे ।

कोहलीको सम्पति लगभग २६ मिलियन अमेरिकी डलर छ । ऊनि विश्वमा सबैभन्दा धेरै कमाई गर्ने खेलाडी हुन्। उनले क्रिकेटर सचिन तेंदुलकरसँगको कुराकानीले मानसिक स्वास्थ्य संकट पार गर्न सहयोग पुर्‍याएको बताए ।

विराट कोहली ले यो खुलासा अंग्रेजी कमेन्टकर्ता र पूर्व क्रिकेटर मार्क निकोलसको साथ गरेका हुन।

उनले भने ” म डिप्रेशन मा परे [निराश महसुस गरें]। ” तपाईं रन बनाउन सक्षम छैनौ भन्ने कुरा थाहा पाउनु राम्रो अनुभूति होइन र मलाई लाग्छ कि सबै ब्याट्सम्यानले कुनै अवस्था मा यस्तो महसुस गर्छन । कुनै अवस्थामा तपाई संग कुनै पनि कुराको नियन्त्रण हुदैन”

“तपाईंलाई थाहा छैन यस्तो अवस्था बाट कसरी पार गर्ने। त्यो त्यस्तो चरण थियो जब मैले केहि पनि गर्न सकेको थिएन । मलाई लाग्यो कि म संसारको एक्लो मान्छे हुँ। “

विराट कोहली २०१४ मा खराब फॉर्म मा थिए उनले इंगलैण्ड सीरीज मा १३.४० को औसत ले १३४ रन मात्र बनाएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *