क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिकाे आयाेजनामा बलियो नेपाल कप यू-१६ अन्तरजिल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयाेजकले बुधबार पत्रकार सम्मेलन गर्दै अप्रिल ३ देखि १० सम्म दाङकाे लमहीमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । बलियो नेपाल पोषण अभियानको सहयोगमा प्रतियाेगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला टिमले प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरुष खेलाडीलाई क्रिकेटसम्बन्धी विभिन्न कार्यक्रममा समावेश गर्ने आयाेजकले जनाएकाे छ ।

प्रतियोगिताका लागि १२ वटै जिल्लामा छनोट खेल हुनेछ । सम्भावना बोकेका प्रतिभाहरूको खोजी गर्नु र तिनीहरूलाई दक्ष खेलाडी बन्न अवसर दिने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *