आईपीएल २०२१ को आज भएका दुई खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटलस् विजयी भएका छन् ।

आज आइतबार भएको आईपीएल २०२१ को २८ औ खेलमा राजस्थान रोयल्स ले सनराइजर्स हैदराबाद लाई ५५ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको राजस्थान ले २० ओभर मा ३ विकेट गुमाई २२० रन बनायो । राजस्थान का ओपनर जस बटलर ले ६४ बलमा १२४ रन प्रहार गरे । त्यस्तै कप्तान सन्जु सेमसोन ले ३३ बलमा ४८ रन बनाए ।

हैदराबादका लागि बलर सन्दीप शर्मा , विजय शंकर र राशिद खान ले समान एक एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा हैदराबाद को शुरुवात राम्रो थियो । मनिष पाण्डे र जोनी बायस्ट ले पहिलो विकेटको लागि ५७ रन जोडे तर पहिलो विकेट गुमाए पछि उसका अन्य ब्याट्सम्यान ले राम्रो खेल देखाउन सकेन । मनिष पाण्डे ले सर्वाधिक ३१ रन बनाए ।

राजस्थानका लागि क्रिस मोरिस ३, मुस्तफिजुर रहमान २, कार्तिक त्यागी १ र चेतन सकरिया १ ले विकेट लिए ।

साँझ भएको आइपिएलको २९ औं खेलमा दिल्ली ले पञ्जाब लाई सात विकेटले हरायो ।

टस जितेर फिल्डिङ रोजेको दिल्लीले पञ्जाब लाई १६६ रनमा रोक्यो । पन्जाब का कप्तान मयंक अग्रवाल ले नट आउट ९९ रन बनाए । उनको यस पारिको मद्दतले पञ्जाब ले २० ओभरमा ६ विकेट गुमाई १६६ रन बनायो ।

जवाफमा दिल्लीले १७.४ ओभर मा ३ विकेट गुमाई पूरा गर्यो । दिल्ली का लागि शिखर धवन ले नट आउट ६९ रन बनाए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *