लेग स्पीनर सन्दीप लामिछानेले अन्नत अष्ट्रेलियाको चर्चित बिग बास लिग बीबीएल खेल्ने भएका छन् । 

अघिल्ला २ सिजन मेलबर्न स्टार्स्बाट खेल्दै आएका सन्दीपले यसपटक होबार्ट हरिकेन्सबाट खेल्ने पक्का भएको उनको व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएका रमन सिवाकोटीले जानकारी दिए । क्लवले भोलि बिहान अनुबन्धबारे औपचारिक जानकारी गराउँदै छ । 

बीबीएल आगामी डिसेम्बर १० बाट शुरु हुँदैछ । सबै प्रकृया पूरा गर्न समय लाग्ने भएकाले सन्दीपले शुरुवाती केही खेल गुमाउने सिवाकोटीले बताए । अष्ट्रेलिया पुगेपछि पनि २ हप्ताको क्वारेन्टिन बस्नुपर्ने भएकाले केही खेल गुमाउने उनले जनाए । 

सन्दीप इण्डियन प्रेमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्समा आवद्ध भएका थिए । तर, उनी सबै खेलमा बेञ्चमै सीमित भएका थिए ।

होबार्टको टीम क्याप्टेनमा अष्ट्रेलियाका म्याथ्यु वेड छन् । त्यस्तै जेम्स फल्कनर, पिटर ह्याण्ड्सकम्ब, बेन म्याक डेरमट लगायतले पनि होबार्टबाट खेल्दैछन् । क्लवले सिजनको पहिलो खेलमा आगामी डिसेम्बर १० मा सिड्नी सिक्सरको सामना गर्नेछ । 

Leave a comment

Your email address will not be published. Required fields are marked *