एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमा रहेको आईसीसी क्रिकेट वर्ल्डकप लिग टुका खेलहरु आगामी मार्चबाट सुरु गर्ने तयारी थालिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले मार्च दोस्रो साताबाट प्रतियोगीता सुरु गर्ने भन्दै सहभागी सातै राष्ट्रका क्रिकेट संघसंग परामर्श थालेको हो । 

आईसीसीले नेपाल क्रिकेटसंघसंगै स्कटल्याण्ड, नामिबिया, पपुवा न्युगीनी, अमेरिका, ओमान र युएईको बोर्डसंग परामर्श थालेको हो । आईसीसीको प्रस्तावमा अधिकांश मुलुक सकारात्मक रहेकाले मार्चको दोस्रो साताबाट लिग टुका सिरिज सुरु हुने संभावना बढेको हो । 

कोभिड सक्रमणका कारण लिग टु का ५ वटा त्रिकोणात्मक सिरिज स्थगीत भएका छन् । जसमा नेपालले खेल्ने ३ वटा सिरिज रहेका छन् । योबीचमा नेपालले नामिबिया, पपुवा न्यु गीनी र स्कटल्याण्डको भ्रमण गर्ने तालिका थियो । अब सिरिज सुरु गर्दा स्थगीत सिरिजलाई पहिला गर्ने कि तय भएका सिरिजलाई निरन्तरता दिएर रोकिएका सिरिजलाई पछि सार्ने भन्ने निर्णय आईसीसीले सबै मुलुकसंगको छलफलपछि गर्नेछ । 

लिग टु मा नेपालले एउटा मात्र त्रिकोणात्मक सिरि खेल्न पाएको छ । घरेलु मैदानमा नेपालले ओमान र अमेरिकासंग गत फेब्रुअरीमा प्रतिस्पर्धा गरेको थियो । जसमा २ जित र २ हारको नतिजा निकालेको थियो । लिग टुमा ओमान १६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । अमेरिका १२ अंकमा दोस्रो र स्कटल्याण्ड ९ अंकमा तेस्रो स्थानमा छ । सबैभन्दा कम खेल खेलेको नेपाल भने ४ अंकमा तालिकाको छैटौं स्थानमा छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *