आइपिएल का प्रशंसकहरूसँगै टोलीहरू पनि २०२२ आईपीएल को मेगा लिलामीको लागि उत्सुकताका साथ पर्खिरहेका छन्। मेगा अक्सन अघि, दुई नयाँ टोली अहमदाबाद र लखनऊ फ्रेन्चाइजीहरूले आफ्ना तीन-तीन खेलाडीहरूको सूची बुझाउनुपर्नेछ। रिपोर्टका अनुसार लखनऊ फ्रन्चाइजीले केएल राहुल, मार्कस स्टोइनिस र रवि बिश्नोईलाई अनुबन्ध गर्ने निर्णय गरेको छ। मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुने सम्भावना छ।
ईएसपीएन क्रिकइन्फोको रिपोर्ट अनुसार केएल राहुललाई फ्रेन्चाइजीले नम्बर १ खेलाडीको रूपमा चयन गरेको छ, त्यसैले उनलाई तोकिएको शुल्क स्ल्याब अनुसार १५ करोड रुपैयाँ दिइनेछ। अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिस खेलाडी दोस्रो मा छनोट भएका छन् र उनले ११ करोड रुपैयाँ पाउनेछन् । स्पिनर रवि बिश्नोईले ४ करोड रुपैयाँ पाउनेछन् । रवि अनक्याप्ड खेलाडी हुन ।
लखनऊ फ्रान्चाइजी मेगा लिलामीमा 60 करोड रुपैयाँ लिएर प्रवेश गर्नेछ। लखनउ पहिलो पटक आईपीएलमा सहभागी हुँदैछ । यो आईपीएल इतिहासमा सबैभन्दा महँगो टोली हो, जसलाई RPSG समूहले ७०९० करोड भारुमा किनेको थियो। लखनउ पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरलाई मेन्टर को रूपमा र जिम्बाब्वेका पूर्व खेलाडी एन्डी फ्लावरसँग प्रशिक्षकको रूपमा जोडिएको छ।
राहुलको पञ्जाबसँगको सम्झौता समाप्त
राहुलले लखनउ फ्रेन्चाइजीसँग टाई अप गर्ने बारेमा अनुमान गरिएको थियो। राहुलले पछिल्ला दुई सिजनमा पञ्जाब किंग्स (PBKS) को नेतृत्व गरेका थिए। तर उनले टोली परिवर्तन गर्ने इच्छा व्यक्त गरेपछि फ्रेन्चाइजले उनलाई रिलिज गरेको थियो । पञ्जाब किंग्सले पछिल्लो चार सिजन प्रतियोगिताको छैटौं स्थानमा रहेको छ । सन २०२० र २०२१ मा मात्र राहुलले पञ्जाबको नेतृत्व गरेका थिए।
राहुलको कप्तानीमा पञ्जाबले खासै सफलता हासिल गर्न सकेन, तर उनी एक खेलाडीको रूपमा लिगमा सबैभन्दा धेरै रन बनाउने खेलाडीहरूमध्ये एक हुन्। २०२० मा, राहुलले सबैभन्दा धेरै रन बनाएर ओरेन्ज क्याप पाएका थिए। २०२१ सिजनमा तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बने। कर्नाटकमा जन्मेका राहुलले सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बाट आईपीएल डेब्यू गरेका थिए।
लखनऊ ले दोस्रो खेलाडी को रुपमा अस्ट्रेलिया का अलराउन्डर मार्कस स्टोइनीस लाइ जोडेको छ । जहाँसम्म रवि बिश्नोईको सवाल छ, उनले अन्डर-१९ विश्वकपमा आफ्नो उत्कृष्ट बलिङ प्रदर्शनका कारण चर्चामा आएका थिए। बिश्नोईलाई सन् २०२० को लिलामीमा पञ्जाबले २ करोड भारुमा किनेको थियो र उनले आफ्नो पहिलो सिजनमा १२ विकेट लिएर सबैलाई प्रभावित पारेका थिए।