बैतडीमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिकाका जिप चालक तेजबहादुर बोहरा, पञ्चेश्वर गाउँपालिका वडा नं ६ का दिपक सिंह भण्डारी, जित सिंह भण्डारी, हिक्मत सिह भण्डारी, डम्बर सिह भण्डारी र खेम सिहँ भण्डारी रहेका छन् ।

जिप चालक तेजबहादुर बोहरा र खेम सिंह भण्डारीको अस्पताल ल्याउदै गर्दा मृत्युभएको हो भने ४ जनाको घट्नास्थमै ज्यान गएको हो । घटनास्थलमै ४ जना र अस्पताल ल्याउदै गर्दा दुई जनाको मृत्युभएको वडा नं ६ का वडा अध्यक्ष राम सिहँ पुजाराले बताउनुभयो।
घाईते हुने हरु :- मोहन सिंह भण्डारी, दिलिप सिंह भण्डारी, मदन सिंह भण्डारी, गोर्या सिह भण्डारी रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल बैतडी मा उपचार हुँदैछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *