कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले जुगेडा अस्थायी प्रहरी बिटका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले सार्वजनिक गरेकाहरुमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, सोही स्थानका राजेन्द्र राना, चोर भनिने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना छन् ।

शनिबार साँझ गस्तीमा निस्किएका प्रहरी बिट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक विक र प्रहरी जवान साउद मृत फेला परेका थिए ।

अवैध समानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *