बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नं जिप आज दिउँसो १ बजेर ४० मिनेटमा बुढ्ढा नजिकै दुर्घटना भएकाे थियाे ।

साे दुर्घटनाम परी ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनक बहादुर धामीले जानकारी दिनुभयो ।

जिपमा चालक सहित १२ जना सवार रहेको र ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रबक्ता धामीले बताउनुभयो । ६ जना घाइते भएकोमा उनिहरुलाई जिल्ला अस्पताल ल्याएको छ ।

जिप सडकबाट करीब एक सय मिटर तल खसेको छ । घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *