नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको बैठकले सुदूरपश्चिमका विभिन्न विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।

बैठकको अध्यक्षता पर्यटनमन्त्री प्रेमबहादुर अलीले गरेका थिए । धनगढी विमानस्थलका लागि १ अर्ब विनियोजन गरिएको छ । त्यसैगरी दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

बैतरीको पाटनस्थित बैतडी विमानस्थलको स्तरोन्नतिका लागि १ करोड ५० लाख ४४ हजार २४७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । बहुवर्षीय आयोजना अन्तर्गत बजेट विनियोजन गरिएको हो ।

त्यस्तै डोटी विमानस्थल, साँफेबगर विमानस्थल, कमलबजार विमानस्थल, महेन्द्रनगर विमानस्थल, बाजुरा विमानस्थल र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Cancel reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.