धनगढीबाट बझाङतर्फ गइरहेकाे जिप बैतडीमा दुर्घटनाग्रस्त भएकाे छ । साे दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बझाङकाे बित्थडका लागि गइरहेकाे से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान बैतडीको सुर्नया गाउँपालिका– ८ आलगैरामा दुर्घटनामा परेकाे हो । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उक्त दुर्घटनामा बझाङको बुंगल नगरपालिका– ११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएकाेमा २ जनाको अवस्था गम्भीर रहेकाे छ ।

चालक बाेहरकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बैतडीकाे पुर्चाैंडी- ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट र सोही ठाउँका ३५ वर्षीय जनक भट्ट रहेका छन् । उनीहरूकाे अवस्था गम्भीर छ । उनीहरूकाे हाल डडेल्धुरा अस्पतालमा उपचार भइरहेकाे छ ।

अर्का घाइते हुनेमा बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा रहेका छन् । उनकाे अवस्था भने सामान्य रहेकाे बताइएकाे छ ।

( फोटो – फेसबुक )

Leave a comment

Your email address will not be published. Required fields are marked *