Credit: गुगल

लोकप्रिय इमेल एप जीमेल १० अर्ब पटक डाउनलोड भएको छ । यो १० अर्ब इन्स्टल भएको चौथो एप बनेको छ।

गुगलको इमेल सर्भिस जीमेल विश्वभर निकै लोकप्रिय छ। जीमेलको एन्ड्रोइड एपले नयाँ कोसेढुङ्गा छोएको छ । जीमेलको एन्ड्रोइड एप १० अर्ब पटक डाउनलोड भएको छ ।

१० बिलियन डाउनलोड को माइलस्टोन मा पुग्ने जीमेल पहिलो एप होइन। यसअघि पनि १० अर्ब डाउनलोडको कोसेढुङ्गा छुन तीनवटा एप्स रहेका छन् ।

जीमेल भन्दा अगाडि गुगल प्ले सर्भिस, युट्युब र गुगल म्याप्सले पनि १० अर्ब डाउनलोड भएका थिए । एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार जीमेल १० अर्ब पटक डाउनलोड भएको चौथो एप हो ।

चाखलाग्दो कुरा के छ भने, चारवटै एप गुगलका हुन् जसले एन्ड्रोइड स्मार्टफोनमा १० अर्ब डाउनलोडको अंक पार गरिसकेको छ । जिमेलको कुरा गर्दा यो एप विश्वभर लोकप्रिय भएको छ ।

सामान्यतया मानिसहरू व्यक्तिगत इमेलको लागि जीमेलको सहारा लिन्छन्। यति मात्र होइन, यदि तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्न चाहनुहुन्छ भने तपाईसँग एक किसिमले जिमेल आइडी हुनुपर्छ । अन्यथा, तपाईं प्ले स्टोर सम्म पुग्न सक्षम हुनुहुने छैन।

कम्पनीले जीमेल एपमा पनि लगातार धेरै नयाँ परिवर्तनहरू गरेको छ। यस एपमा समयसँगै केही नयाँ फिचरहरू पनि दिइएको छ ताकि प्रयोगकर्ताहरू यस एप लाइ मन पराउन सकुन र नयाँ प्रयोगकर्ताहरू थपिने क्रम जारी छ।

हालै कम्पनीले मेल पठाएर फिर्ता गर्ने सुविधा दिएको छ । यस अन्डू सुविधा अन्तर्गत, ३० सेकेन्ड भित्र पठाइएको मेल पुन: प्राप्त गर्न सकिन्छ। यसअघि ५ सेकेन्ड मात्रै उपलब्ध थियो ।

जीमेल एपसँगै कम्पनीले जीमेलको कोर यूजर इन्टरफेसमा पनि धेरै परिवर्तन गरेको छ । कम्पनीले इनबक्सबाट स्प्याम फोल्डरमा परिवर्तन गरेको छ।

जीमेल ले यूजर हरु लाई थर्ड पार्टी इमेल पनि कन्फीगर गर्ने सुविधा पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Cancel reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.