दक्षिण कोरियामा सन् २०२० मा पहिलो पटक मानिसको जन्मभन्दा बढी सङ्ख्यामा मृत्यु भएको पाइएपछि त्यसप्रति चिन्ता व्यक्ति गरिएको छ।

दक्षिण कोरियामा शिशु जन्मदर विश्वकै न्यून छ। सन् २०२० मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम अर्थात् २,७५,८०० शिशु जन्मिएका थिए।

उक्त वर्ष ज्यान गुमाउने मानिसको सङ्ख्या ३,०७,७६४ रह्यो । जनसङ्ख्या घट्दा देशमाथि चर्को दबाव उत्पन्न हुन्छ। स्वास्थ्यसेवा र निवृत्तिभरणको मागका कारण सार्वजनिक खर्च जुटाउन आइपर्ने समस्याबाहेक घट्दो युवा जनसङ्ख्याले श्रमशक्तिको अभाव निम्त्याउँदै अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा नै प्रभाव पार्छ।

अघिल्लो महिना राष्ट्रपति मुन जे-इनले प्रोत्साहनस्वरूप भत्ता दिनेसहित जन्मदर बढाउने उद्देश्यले कैयौँ नीतिहरू घोषणा गरेका थिए। उक्त योजनाअन्तर्गत सन् २०२२ बाट प्रत्येक शिशुलाई १,८५० अमेरिकी डलरजति (झन्डै २,१६,००० नेपाली रुपैयाँ ) नगद उपलब्ध गराइनेछ।

त्यसबाहेक एक वर्ष नपुगुन्जेलसम्म मासिक ३२,००० रुपैयाँभन्दा बढी रकम शिशु स्याहार खर्च दिइनेछ। उक्त मासिक प्रोत्साहन भत्ता वृद्धि गरेर सन् २०२५ मा ५०,००० रुपैयाँभन्दा बढी बनाउने भनिएको छ।

दक्षिण कोरियामा महिलाहरूले काम र व्यक्तिगत जीवनको सन्तुलन मिलाउन सङ्घर्ष गर्नुपरेकाले यसो भएको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *